नेपालमा बाढीपहिरो र डुबानका कारण १०० जनाको मृत्यु
काठमाडौँ। हालैको बाढीपहिरो र डुबानका कारण १०० जनाको मृत्यु भएको छ भने ६७ जना अझै बेपत्ता छन्। घटनामा परी १०१ जना घाइते भएका छन्।
ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेपलाञ्चोकमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु र पाँचथरमा ५/५, र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, दोलखामा ३, सिन्धुली, धनकुटा, र महोत्तरीमा २/२, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी, र नुवाकोटमा १/१ जनाको ज्यान गएको छ।
विपद् प्रभावित क्षेत्रमा ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसले हालसम्म ३,०३९ जनाको उद्धार गरेको जनाइएको छ।