रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान
रौतहट। रौतहटको जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ।
सोमबार, जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडियो हिरालाल रेग्मीले यो प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
फकरुदिनले रौतहटको गढिमाई नगरपालिका ३, साविक गम्हरिया पर्सा गाविस ५ मा जन्मे र यही ठेगानामा नागरिकता प्रमाणपत्रका लागि आवेदन दिएका थिए।
नेपाल सरकारले निर्धारण गरेको प्रक्रियाअनुसार जिल्ला प्रशासन कार्यालयबाट यो प्रमाणपत्र प्रदान गरिएको हो।
प्रमाणपत्र प्राप्त भएपछि, जर्मनीका नागरिक अलीले खुसी व्यक्त गर्दै प्रशासनलाई आभार प्रकट गरेका छन्।