चीनको प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको आलोचना
पेन्सिल्भेनिया। अमेरिकी सरकारले चीन र रूसको प्रविधि प्रयोग गरेर निर्मित सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि, चीनले सोमबार वासिङ्टनलाई ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ।
ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमका अनुसार, अमेरिकाले चिनियाँ हार्डवेयर र सफ्टवेयरलाई सवारी साधनमा प्रतिबन्ध लगाउने नयाँ नियममा विचार गरिरहेको छ। यसमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका प्रति असहमति व्यक्त गर्दै भनेका छन्, “चीनले अमेरिकालाई बजार सिद्धान्तको सम्मान गर्न र चिनियाँ उद्यमका लागि खुला, निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्न आग्रह गरेको छ।”
लिनले अमेरिका द्वारा राष्ट्रिय सुरक्षाको अवधारणालाई व्यापक बनाउने क्रममा चिनियाँ कम्पनी र उत्पादनविरुद्ध विभेदकारी कदमहरू उठाइने भएपछि चीनले विरोध गर्ने स्पष्टता व्यक्त गरेका छन्। “चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ,” उनले थपेका छन्।
यदि यो नियम लागु भयो भने, यो अमेरिका र चीनबीचको बढ्दो व्यापार विवादको नयाँ प्रतीक हुनेछ। गत मे महिनामा वासिङ्टनले विद्युतीय सवारी साधन र सेमीकन्डक्टरजस्ता चिनियाँ आयातमा कर वृद्धि गरिसकेको छ। ह्वाइट हाउसका अनुसार, विद्युतीय सवारी साधन, ब्याट्री र महत्वपूर्ण खनिजहरूमा १८ अर्ब अमेरिकी डलर बराबरको आयातमा कर वृद्धि गरिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका छन् कि बेइजिङले व्यापारमा प्रतिस्पर्धा गर्नुको साटो ‘ठगी’ गरेको आरोप लगाएका छन्।