दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीले लिए शपथ
काठमाडौँ । भारतको राजधानी दिल्लीमा नयाँ सरकार गठन भएको छ। अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको हो।
अब शिक्षामन्त्री रहेका आतिशी मरलानले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकि छिन्। दिल्लीस्थित उपराज्यपाल निवासमा आतिशीसँगै अन्य पाँच मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। नयाँ सरकारमा गोपाल राई, कैलाश गहलोत, सौरभ भारद्वाज, इमरान हुसेन, र मुकेश अहलावत मन्त्रीको रूपमा नियुक्त भएका छन्।
कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र पुनः जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए।
४३ वर्षीय आतिशीलाई आम आदमी पार्टीको एक महत्त्वपूर्ण स्तम्भ मानिन्छ। उनले पार्टीको नेतृत्व गर्नका लागि कठिन समयलाई पार गर्दै सफलतासँग अगाडि बढाउने काम गरेका छन्।












