सहकारी छानबिन समितिको सुझाव सरकारले कार्यान्वयन गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रमा आएको विकृति हटाउन र सहकारी संस्था बचत रकमको दुरुपयोग रोक्न संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकार पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन्।
सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारी संस्थाहरू नियमसङ्गत रूपमा संचालन गरिएमा सहकारीहरू डुब्न नदिने र यसले कसैलाई नडुबाउने बताएका छन्।
प्रधानमन्त्रीले सहकारीको मूल मर्म अनुसार संचालन नभएका र गैह्रसहकारी उद्देश्य राखेर आएको व्यक्तिहरूले सहकारी क्षेत्रमा विकृति ल्याएको पनि औंल्याए।
साथै, उनले सहकारीलाई नेपालको अर्थतन्त्रको एक खम्बाका रूपमा संवैधानिक व्यवस्था गरिएको उल्लेख गर्दै यसले सानो पुँजीलाई संगठित गरेर रोजगारी र आम्दानी बढाउने महत्वपूर्ण भूमिका खेलेको बताए।
नेपथ्यको अमेरिका भ्रमणमा ‘एक मिलियन डलर’ बढीको कारोबार, नेपालमा कति गयो?
प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिले गरेको अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आउने अपेक्षा राख्दै, त्यस्ता सुझावलाई सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। समितिका सभापति सूर्य थापाले समितिले अन्तिम प्रतिवेदन तयार गर्नु अघि प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिएका छन्।