वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुबई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका-१ नयाँगाउँका ४० वर्षीया शोभा तामाङ, र तनहुँ बन्दिपुर गाउँपालिका-७ का ३९ वर्षीय अमृत माकिम थापा रहेका छन्।
श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ, र अमृतले १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको आरोप छ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौं थानकोटबाट, शोभालाई काठमाडौं स्युचाटारबाट र अमृतलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।
नेपाल प्रिमियर लिग (एनपीएल) का ८ मार्की खेलाडीको घोषणा
उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।