एनआरएनएमा आरके समूहले दर्ता गरेको रिटको पहिलो सुनुवाई विहीवार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि सापकोटाले जानकारी दिए ।
रिट निवेदकमा डा. केशव पौडेल, ठाकुर प्रसाद ढुंगाना समेत रहेका छन् ।
गत अक्टोबरमा सम्पन्न ११ औँ महाधिवेशनबाट आफू विधिवत् निर्वाचित भएको जिकिर गर्दै शर्माले दायर गरेको रिटमा बद्री केसीले धाँधली गरेर निर्वाचित भएको जिकिर गरेका छन् ।
आरके समूह सर्वोच्चमा, केसी र घले विपक्षी
‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाइ गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११ औँ महाधिवेशनबाट विधिवत् रुपमा निर्वाचित हामी निवेदकहरूलाई काम गर्न दिनु दिलाउनु भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।’ बुधवार दर्ता भएको रिटमा विहीवार पहिलो सुनुवाई हुने छ ।