मैत्रीपूर्ण फुटबलमा अमेरिकाले बराबरी खेल्यो

पेन्सिल्भेनिया । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अमेरिका र न्युजिल्याण्डले एक एक गोलको बराबरी खेलेका छन् ।
मंगलबार सिनसिनाटीमा भएको खेलमा घरेलु टोली अमेरिकाले सुरुआती अग्रता लिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अमेरिकाले ६९ औं मिनेटमा अग्रता बनायो । अमेरिकाका लागि क्रिष्टियन पुलिसीले फ्लोरिन बालोगनले गोल गर्दै अग्रता दिलाएका थिए ।
क्रिकेटर सन्दिप लामिछानेले अमेरिकाको भिसा पाए
तर, ८९ औं मिनेटमा न्युजिल्याण्डले खेल बराबरी गरेको हो । न्युजिल्याण्डका बेन वाइनले गोल गरेपछि अन्ततः मैत्रीपूर्ण फुटबल एक एक गोलको बराबरीमा सकिएको थियो ।