प्रचण्डले किन देखे नयाँ संघर्षको आवश्यकता?
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका प्रयासहरू बढिरहेको भन्दै यसविरुद्ध नयाँ संघर्ष आवश्यक भएको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासहरूको विरोधमा संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अमेरिकाको ग्रीनकार्ड छोडेका पौडेल गुठी संस्थानमा मनोनित
उनले क्रान्तिका उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै, “अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गर्नेहरूले नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेका छन्,” भने । प्रचण्डले जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्षका रूपमा लेखेको तर त्यही व्यवस्थामा बसेर जनयुद्धलाई अपमान गर्ने काम भइरहेको बताउँदै यसका विरुद्ध संघर्षको संकल्प गर्नु सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने व्यक्त गरे ।
क्रान्ति र शान्ति प्रक्रियामा सहभागी हुनु अघि नै क्रान्ति भिन्न रूपमा जारी रहने बताउँदै, प्रचण्डले भने, “हामीले जनयुद्धमा र १२ बुँदे समझदारीमा गणतन्त्र आउने कुरा भनेका थियौं, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरूले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउन कोशिस गर्नेछौं।” उनले दलाल पूँजीपति र नोकरशाहीसँग संघर्ष जारी राख्नुपर्ने भन्दै, जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनै पर्ने धारणा राखे।
प्रचण्डले नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको उल्लेख गर्दै, “हामी विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा बलियो छौं, संघर्षमा विजय प्राप्त गरेरै छाड्ने छौं,” भने ।
निलम्वित जनसम्पर्क समितिलाई कांग्रेसको परिपत्र
सुरेश वाग्लेको बलिदानले युवालाई क्रान्तिमा लाग्न प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीलाई प्रतिशोधको भावनासहित अघि बढ्न मद्दत गरेको प्रचण्डले बताए । वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि पार्टीपंक्तिमा बलिदानी भाव उच्चस्तरमा बढेको बताउँदै, “सहिदहरूको बलिदानका कारण जनयुद्ध झन शक्तिशाली हुँदै गयो,” भने ।
विद्यालयमा ‘डिजिटल ब्रेक’ को नियम लागू गर्दै फ्रान्स
अध्यक्ष प्रचण्डले सुरेश वाग्लेको पार्टीभित्रका अन्तरसंघर्षमा सन्तुलित र सही लाइनको पक्षमा उभिएको स्मरण गर्दै, “वाग्लेले नेतृत्व केन्द्रिकरणमा जोड दिने गरेका थिए र नैतिक बल र बौद्धिक क्षमताका आधारमा बहस गर्ने गर्थे,” भने । उनले आजको पुस्ताले यसबाट सिक्नुपर्ने बताए।