अमेरिकाको ग्रीनकार्ड छोडेका पौडेल गुठी संस्थानमा मनोनित
काठमाडौं । धेरै नेपालीको सपनाको देशको रुपमा रहेको अमेरिका पुगेर पनि कतिपय भने आफ्नै देशमा फर्किएर काम गरिरहेका छन् । डिभी भनेकै ग्रीनकार्ड होल्डर भएकाहरुले ५ वर्ष बस्दा सिटिजन्स कार्ड पाउँछन् ।
केही यस्ता व्यक्ति पनि छन् जसले अमेरिकामा गएर बसे र काम पनि गरे । तर, उनले सिटिजन्स लिन मन गरेनन् । अमेरिकाको एनआरएन अभियानमा पनि सक्रिए कपिलवस्तुको बाणगंगाका टेकराज पौडेल चटक्क अमेरिकाको आफ्नो बसाईलाई विटमार्दै नेपाल फर्किए । सन् २००९ मा डिभी परेर गएका पौडेल सिकागोमा बसेका थिए ।
निलम्वित जनसम्पर्क समितिलाई कांग्रेसको परिपत्र
१० वर्ष अमेरिकामा बसेर उनी नेपाल फर्किएका हुन् । अमेरिका जानु अघिनै नेकपा एमाले निकट भएर पत्रकारिता पेसा गरेका थिए । उनी नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको संस्थापक मध्यका एक हुन् । नेपालमै केही गरौं भन्ने उद्देश्य लिएर आफू फर्किएको पौडेल बताउँछन् ।
उनले भने ‘नेपालको सामान्य पढाई अमेरिकामा काम लाग्ने भएन, त्यहाँका सुपर मार्केटहरुमा काम गर्ने गरे । पहिला देखि नै राजनीतिमा सक्रिय भएर होला, नेपालमै फर्किन मन लाग्यो अनि फर्किए ।’
अमेरिकाबाट फर्किएपछि नेकपा एमालेको पार्टी राजनीतिमा केन्द्रीत भएका उनी सुरुमा लुम्बिनी प्रदेश कमिटी सदस्य भएर काम गरे । अहिले उनी केन्द्रीय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य भएका छन् र आफ्नो दायरा पनि फराकिलो बनाएका छन् ।
अहिले एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार भएकाले एमालेको पोल्टामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ । सोही मन्त्रालय अन्र्तगत पर्ने गुठी संस्थानको सदस्य पदमा उनै पौडेललाई मनोनित गरिएको हो ।
विद्यालयमा ‘डिजिटल ब्रेक’ को नियम लागू गर्दै फ्रान्स
३ वर्षको कार्यकालका लागि मनोनित भएका उनको राजनीतिक पद हो । मनोनित भएपछि पौडेलले गुठी संस्थानको उद्देश्य अनुरुप धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको व्यवस्थापन तथा संरक्षणमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् ।