विद्यालयमा ‘डिजिटल ब्रेक’ को नियम लागू गर्दै फ्रान्स
काठमाडौं। फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालयहरूले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यो अभियानलाई ‘डिजिटल ब्रेक’ नाम दिइएको छ र अहिले परीक्षणको चरणमा छ।
किशोरकिशोरीहरूको मोबाइल र इलेक्ट्रोनिक उपकरणमा स्क्रिन समय कम गर्न र अनलाइन शोषण र साइबर बुलिङबाट जोगाउन यो निर्णय गरिएको हो। रिपोर्टअनुसार, किशोर र विद्यालयका कर्मचारीहरू दुवै यो प्रयोगबाट सन्तुष्ट छन्। यदि यो परीक्षण सफल भयो भने, २०२५ सम्म यो नीति फ्रान्सका सबै विद्यालयमा लागू गर्न सकिने सम्भावना रहेको छ।
तत्कालिक रूपमा, किशोरकिशोरीहरूले विद्यालयमा पुग्दा आफ्नो मोबाइल फोन शिक्षकलाई बुझाउने गर्दछन्। उनीहरूको फोनहरू सुरक्षित ब्रिफकेसमा राखिन्छ। यसका लागि सम्बन्धित विद्यालयहरूले आफैं पैसा जुटाएर ब्रिफकेस जस्ता भण्डारण उपकरण खरिद गरेका छन्।
फ्रान्सेली शिक्षा मन्त्री निकोल बेलोबेटले भने, “बच्चाहरू विद्यालयमा आउँछन् र आफ्नो फोन शिक्षकलाई दिन्छन्। यो नयाँ विद्यालय वर्षको लागि नयाँ नियम हो। यो २०० विद्यालयमा परीक्षण भइरहेको छ। हामी वास्तवमै सुरू गर्दैछौं। विद्यालयमा ‘डिजिटल ब्रेक’ पनि विद्यालयको कामको एउटा हिस्सा हो।”
अमेरिकाको ग्रीनकार्ड छोडेका पौडेल गुठी संस्थानमा मनोनित
यो प्रयोगको लागत सरकारले व्यहोरिरहेको छैन। शिक्षाको लागि आर्थिक सहयोग दिने विभागहरूले यो बोझ वहन गर्नुपर्ने छ, जसका कारण केही विभागहरूले यो लागू गर्दा १२ करोड ५० लाख युरोसम्म खर्च लाग्न सक्ने अनुमान गरेका छन्। यद्यपि, बेलोबेटले भने यो खर्च निकै कम भएको दाबी गरेकी छिन्। उनले मोबाइल फोन भण्डारणका लागि प्रयोग गरिएका ब्रिफकेसहरूको मूल्य करिब ६० युरो रहेको र विद्यालयको कोषबाट भुक्तानी गरिएको जानकारी दिइन्।
निलम्वित जनसम्पर्क समितिलाई कांग्रेसको परिपत्र
स्मार्टफोनको अत्यधिक प्रयोग र किशोरकिशोरीको सामाजिक सञ्जालप्रतिको झुकावले लतको समस्या बढिरहेको छ। यसले स्वास्थ्य र कल्याणमा ठूलो खतराको रूपमा चिनिएको छ। बालबालिकालाई फोनबाट टाढा राख्न अभिभावकहरू र विद्यार्थीहरूको प्रयास जटिल बनेको छ। गत वर्ष स्पेनमा, “एडोलसेन्स फ्री अफ मोबाइल फोन” नामक च्याट ग्रुप सिर्जना भएको थियो, जसमा १०,००० भन्दा बढी सदस्य रहेका छन्। यस समूहले अभिभावकहरूलाई स्मार्टफोनको प्रयोग सीमित गर्न सुझाव दिन्छ।
विद्यालयमा ‘डिजिटल ब्रेक’ को नियम लागू गर्दै फ्रान्स
यो विषयमा प्रहरी र स्वास्थ्य विज्ञहरूले पनि चिन्ता व्यक्त गरिरहेका छन्। मोबाइलमा हिंसात्मक र अश्लील सामग्रीको वृद्धि र किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्याहरूका कारण यस्तो अभियानलाई महत्व दिइएको छ। बेलायतमा गत वर्ष १६ वर्षीय किशोरीको हत्या पछि, त्यहाँ पनि सामाजिक सञ्जाल र स्मार्टफोनबाट किशोरकिशोरीलाई टाढा राख्ने प्रयासहरू तीव्रता दिइएको।