भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
काठमाडौँ। भारत र सिङ्गापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायतका चार महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा यो जानकारी दिएका छन्।
परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार, सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि सम्झौतामा हस्ताक्षर गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सिङ्गापुरको संसद भवनको भ्रमण गरेका थिए, जहाँ उनलाई स्वागत गरिएको थियो।
प्रधानमन्त्री मोदीले सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वाङसँग भेट गरे र द्विपक्षीय वार्ता गरेका थिए। वार्तापछि दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो।
प्रधानमन्त्री मोदीले लरेन्स वाङलाई प्रधानमन्त्रीको पदमा चयन भएकोमा बधाई दिँदै भने, “सिङ्गापुर केवल एक देश मात्र होइन, यो हरेक विकासशील देशका लागि प्रेरणा हो। हामी भारतमा धेरै सिङ्गापुरहरू निर्माण गर्न चाहन्छौं र यस दिशामा सँगै काम गरिरहेकोमा म खुशी छु।”
प्रधानमन्त्री मोदी सिङ्गापुर पुग्नुअघि ब्रुनाई भ्रमण गरेका थिए। ब्रुनाई, जो कम्बोडिया, इन्डोनेसिया, मलेसिया र सिङ्गापुरसँग नजिकैको एक सानो एसियाली देश हो, जसको जनसंख्या करिब ४ लाख ६१ हजार छ।