न्यु योर्क लङ्गआइल्याण्डमा विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरणमा नेपाली संस्थाहरू सहभागी
लङआइल्याण्ड,पेन्सिल्भेनिया/ अमेरिकाको न्यु योर्कको लङ्गलाइल्याण्डमा विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरणमा नेपाली संस्थाहरू सहभागी भएका छन्।
टाउन अफ वेष्टर बेले नयाँ शैक्षिक सत्र शुरु हुनु अगाडी विद्यार्थीलाई ब्याग सहित शैक्षिक सामाग्री वितरण गर्ने गर्दै आएको छ।
सो कार्यक्रममा लङ्गआइल्याण्डमा क्रियाशील १३ वटा नेपाली संघ संस्थाहरू पनि सहभागी जनाएका हुन्।
कोअडिनेशन कमिटी अफ नेपाली कमिटी यु यस ए (१३ वटा नेपाली संस्था को संयुक्त कमिटी) का अध्यक्ष बाबुराम शर्माका अनुसार टाउनले विभिन्न शैक्षिक सामाग्री सहित एक हजार थान स्कुल ब्याग वितरण गरेको थियो। त्यसमा कमिटीको तर्फबाट एक सय वटा ब्याग वितरण गरिएको जनाइएको छ।
‘टाउनले आफै र विभिन्न दाताहरूको सहयोगमा ब्याग वितरण गर्ने गर्दो रहेछ हामीले पनि एक सय ब्याग सहित सहभागिता जनाएका हौ।’ अध्यक्ष शर्माले समाज टाइम्स सँग भने,’हामीले एक सय ५० ब्याग किनेका थियौ अब बाँकी ५० ब्याग अर्को टाउनलाई दिन्छौ।’

नयाँ शैक्षिक सत्रको शुरूवात सँगै विद्यालय जान तयार रहेका स्कुलका बालबालिकाहरूका लागि यही गत अगस्ट २९ तारिखमा स्कुल ब्याग वितरण गरिएको हो।
टाउन अफ वेष्टर बे का सुपरभाइजर जोसेफ सलादिनो तथा कोअडिनेशन कमिटी अफ नेपाली कमिटी यु यस ए (१३ वटा नेपाली संस्था को संयुक्त कमिटी),लग आइलैंडद्वारा एक हजार) थान स्कुल ब्याग र शैक्षिक सामग्रीहरू नि:शुल्क वितरण गरिएको हो।

नेपाली समुदायका बाल बालिकाको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न समुदायको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा सक्रिय सहयोग र सहभागिता जनाए बापत टाउन अफ वेष्टर बे का सुपरभाइजर जोसेफ सलादिनोले कोअडिनेशन कमिटी अफ नेपाली कमिटी यु यस ए सम्मान गरे।
कोअर्डिनेसन कमिटी अफ नेपाली कम्युनिटी, यु.एस .ए, लङ्ग आइल्याण्ड अध्यक्ष बाबुराम शर्माले ब्याग वितरणमा सहभागिता जनाउन् अवसर प्रदान गरेकोमा ह्यारी मलहोत्रा र उपस्थित हुनु हुने एवं सहयोग गर्नु गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।













