सञ्चार मन्त्री गुरुङलाई कारबाही गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठनका मञ्चका सदस्यहरुले सरकारले प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन्।
गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ टिप्पणी गरेका थिए। यस टिप्पणीपछि मन्त्री गुरुङको आलोचना तीव्र रूपमा भइरहेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रतिनिधि सभा सांसद शंकर भण्डारीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई मन्त्री गुरुङलाई तुरुन्त बर्खास्त गर्न अनुरोध गरेका छन्।