नेपाली क्रिकेट टोलीको श्रीलंका अभ्यास खेल तालिका परिवर्तन
काठमाडौं । विश्वकप लिग टूको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने अभ्यास खेलको तालिका परिवर्तन भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अब नेपालले श्रीलंका डेभलपमेन्ट टिमसँग भदौ १८, १९, र २० गते ३ वटा ५० ओभरको अभ्यास खेल खेल्नेछ। यसअघि खेलहरू भदौ १८, २०, र २२ गतेका लागि तय गरिएका थिए।
नेपाली क्रिकेट टोलीका खेलाडीहरू:
रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।