अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या गर्ने सन्दिग्ध पक्राउ
टेक्सस, अमेरिका / ह्युस्टनको अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानी हत्या गरेको संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।
नर्सिङ पढ्दै गरेकी नेपाली विद्यार्थी २१ वर्षीय मुना पाण्डेको शव गोली लागेको अवस्थामा गत सोमवार उनकै अपार्टमेन्टमा फेला परेको थियो।
प्रहरीले बुधवार दिउसो सन्दिग्धको फोटो सार्वजनिक गरेको थियो। प्रहरीले मुना पाण्डेको हत्यामा सन्दिग्धको जिम्मेवार भएको विश्वास गरेको छ।
ती व्यक्तिलाई स्थानीय समय अनुसार बुधवार राति ८ बजेपछि ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।
हालसम्म पहिचान नखुलेको संदिग्धलाई राति १० बजेअघि नै सोधपुछ भइरहेको जनाइएको छ।
पाण्डे नर्सिङ पढ्न तीन वर्ष अगाडि अमेरिका आएकी हुन्। उनी एकल आमाको एक मात्र सन्तान भएको जनाइएको छ।
मुना पाण्डेको अन्तिम यात्राको लागि सहयोगको अपिल गरिएको छ। त्यसका लागि यहाँ क्लिक गर्नु होला।