अमेरिकामा १४ दिन देखि बेपत्ता छोरा खोजिदिन नेपालबाट आमा बाबुको अपिल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको न्युह्यामसायरबाट १४ दिन देखि बेपत्ता नेपाली युवक उगेन मगरका आमा बाले छोराको खोजी गरिदिन अपिल गरेका छन्।
न्यु ह्यामसायरको म्यानचेस्टर श्रीमती सँगै बस्दै आएका उगेन अगस्त १४ तारिख देखि बेपत्ता छन्।
उगेनकी श्रीमती जमुना गुरुङले बुधवार दिउसो मात्र समाज टाइम्स सँग आफ्नो श्रीमान् हराएको र खोजिदिन आग्रह गरेकी थिइन्। बुधवार साँझ समाज टाइम्स संवादमा उगेनका आमा शान्तिमाया मगर र बुबा बेक मगरले छोराको खोजी गरिदिन अपिल गरेका हुन्।
उनीहरूले आफ्नो छोरा सोझो र पैसाको लोभ नगर्ने स्वभावको रहेको बताए। यस्तै उनीहरूले गाडी सहित हराउनु र १४ दिन सम्म फेला नपर्नु आश्चर्य जनक घटना भएको बताए।
उगेनकी श्रीमतीले अगस्त १४ तारिख नै प्रहरीमा खोजीका लागि केस दर्ता गराएको बताइन।