कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उप राष्ट्रपति छानिन्
पेन्सिल्भेनिया/ अमेरिकी राष्ट्रपति उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले मंगलवार मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उप राष्ट्रपति छानेकी छिन्।
चर्चामा रहेका चार जना मध्येबाट ह्यारिसले वाल्जलाई आफ्नो टिममा छनौट गरेकी हुन्। ह्यारिसलाई डेमोक्र्याटहरूलाई एकताबद्ध यो निर्णयले सहज हुने अपेक्षा गरिएको छ।
वाल्ज एक पूर्व शिक्षाविद् हुन्। वाल्ज हाल मिनेसोटा गभर्नरको रूपमा आफ्नो दोस्रो कार्यकालमा छन् । उनी डेमोक्र्याटिक गभर्नर एसोसिएसनका अध्यक्ष हुन्। उनले कांग्रेसमा १२ वर्ष बिताएका छन्।
वाल्जले रूढिवादी झुकाव रहेको ग्रामीण जिल्लाको प्रतिनिधित्व गरेका थिए। जुन क्षेत्रमा उनको कार्यकाल अघि र पछि दुवै रिपब्लिकनहरूको प्रभुत्व थियो।
६० वर्षीय वाल्ज,आधुनिक अमेरिकी राजनीतिको सबैभन्दा उथलपुथल अवधिमा ह्यारिस टिममा सामेल हुँदैछन् ।