मुख्यमन्त्रीले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ राजनीतिक कोर्ष सुरु
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
शुक्रबारको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले विश्वासको मतको प्रस्ताव पेश नै नगरेर राजीनामा दिएका हुन् । उनी ०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए ।
उनी एमाले र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएसँगै असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । उनले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ राजनीतिक कोर्ष सुरु भएको छ ।
अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बन्नका लागि नेपाली कांग्रेसमै नेताहरु दौडधुपमा केन्द्रित भएका छन् ।
कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह स्वभाविक मुख्यमन्त्रीको दावीमा रहे पनि एमालेले लुम्बिनी प्रदेश र मधेश प्रदेशमा सिके राउतको जनमत पार्टीले संसदीय नेताबाहेकलाई पनि मुख्य मन्त्री बनाएकाले सुदूरपश्चिममा चार जनाले आकंक्षा राखेका छन् ।