एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक विहीवार बस्दैछ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि होटेल बसेरामा बस्नेछ ।
आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।
यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।