सरकारले तीन प्रदेश प्रमुख नयाँ बनायो
काठमाडौं । सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ ।
सोमबार केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले बागमती, कर्णाली र लुम्बिनीका प्रदेश प्रमुख नयाँ नियुक्त गर्ने निर्णय गरिएको हो ।
सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
बागमतिमा यसअघि यादवचन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रमुख थिए ।