डुवाना ओलम्पिकको पहिलो चरणबाटै बाहिर
काठमाडौं । नेपाली पौडीवाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को पहिलो चरणबाटै बाहिरिएकि छिन् ।
आइतबार फ्रान्समा भएको खेलमा दुवै खेलाडी पहिलो चरणमै पराजित भएका हुन् । २०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न दुई मिनेट २०.४७ सेकेन्ड खर्चिइन् ।
सात खेलाडी सहभागी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन् ।