स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिर
काठमाडौं । पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।
सेनेगलका इब्राहिम डिएवसँग ४–० को सेटमा पराजित भएसँगै ओलम्पिकको यात्रा समाप्त भएको हो ।
पहिलो सेटमा प्रतिस्पर्धात्मकरुपमा पराजय भोगे पनि त्यसपछि कुनै पनि सेटमा दबाब बनाउन सकेनन् ।
पहिलो सेट स्यान्टुले १०–१२ ले गुमाएका थिए । त्यसपछि दोस्रो सेट ३–११ ले सुम्पिदा, चौथो सेटमा ४–११ र पाँचौं सेट ५–११ ले गुमाएसँग ओलम्पिकको यात्रा पहिलो चरणमै समाप्त भएको हो । नेपालबाट ६ खेलका ७ खेलाडीले पेरिस ओलम्पिक खेल्दा स्यान्टु मात्रै छनोट चरण पार गरेर गएको थिए । स्यान्टु नेपालबाट छनोट चरण पार गर्ने तेस्रो खेलाडी समेत हुन् ।