पेरिस ओलम्पिकको उद्द्घाटन आज

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह आज हुँदै छ । प्रतियोगिताको औपचारिक उद्घाटन आज भए पनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा आज हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठूलो बाधक बन्न सक्ने अनुमान गरिएको छ ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सेइन नदीमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फ्रान्सको मौसम विज्ञान विभाग मेटियो फ्रान्सले शुक्रबार पानी पर्ने भविष्यवाणी गरेको छ । दिउँसो मौसम सफा हुने भएपनि उद्घाटन कार्यक्रम हुने भएकाले साँझ फेरि पानी पर्ने सम्भावना छ । तर पानी परे पनि उद्घाटन कार्यक्रम निर्धारित समयमै हुनेछ ।
पेरिस ओलम्पिकमा सोही १२८ वर्ष पुरानो कीर्तिमान तोड्न लागेको हो । ओलम्पिक इतिहासमा १२८ वर्षदेखि चलिआएको परम्परा परिवर्तन हुन लागेको छ । अहिलेसम्म ओलम्पिकको उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेको छ । पेरिसमा पहिलो पटक उद्घाटन समारोह रंगशालामा नभई नदीको किनारमा हुन लागेको हो । आधुनिक ओलम्पिक १८९६ मा सुरु भएयता उद्घाटन समारोह रंगशालामा गर्ने चलन थियो ।

सामान्यतया, खेलाडीहरू परम्परागत रूपमा मार्च गरेर स्टेडियममा प्रवेश गर्छन् । तर पेरिस ओलम्पिकमा, सहभागी १० हजार ५०० खेलाडीहरू सीन नदीमा छ किलोमिटरको परेडमा ९० भन्दा बढी डुङ्गाहरूमा सवार हुनेछन् ।
यस अवधिमा सेन नदीको किनारमा सयौं दर्शकहरू उपस्थित हुनेछन् । यी सबै बाहेक धेरै ठूला सेलिब्रेटीहरू त्यहाँ प्रदर्शन गर्ने छन् । ओलम्पिकको उद्घाटन समारोहमा चर्चित गायिका लेडी गागा र सेलिन डियोन पनि प्रस्तुति दिनेछन् । पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
टेबलटेनिसका स्यान्टुले मात्र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा अरुले बाँकी ६ खेलाडीले वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।