उच्च अदालत पाटनले सार्वजनिक गर्यो सन्दिपको फैसलाको पूर्ण पाठ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ । गत जेठ २ गते काठमाडौं जिल्ला अदालतको फैसाल उल्ट्याउँदै उच्च अदालत पाटनले बलात्कार अभियोगमा सन्दीपलाई सफाई दिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले सफई दिएको थियो । पाटनका शुक्रबार ६२ पृष्ठको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।
गौशाला २६ ले आफूलाई बलात्कार गरेको भन्दै अदालत गएकी थिइन् । काठमाडौं जिल्ला अदालतले फैसला गर्दै सन्दीपलाई ८ वर्षको सजाय सुनाएको थियो भने गौशाला २६ को नाबालिक दाबीलाई खारेज गरेको थियो ।
सन्दीप काठमाडौं अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगदा गौशाला २६ पनि प्रत्यार्थीको रुपमा पेश भएकी थिइन् ।
पूर्ण पाठ सार्वजनिक भएसँगै सरकारी वकिलको कार्यालय सर्वोच्च अदालतमा अपिल गर्ने बताएको छ । उता, सन्दीपका कानुन व्यवसायीहरुले फैसला अध्ययनमै रहेकाले प्रतिक्रिया पछि दिने बताएका छन् ।