ह्यारिसबर्गमा नेपाली सङ्गीतका जिउँदो इतिहास रणजीत गजमेरको भव्य सम्मान
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ वरिष्ठ सङ्गीतकर्मी रणजित गजमेरले अमेरिकामा धेरै नेपाली देखेर आफूलाई रमाइलो लागेको बताएका छन्।
‘असाध्यै रमाइलो लागिरहेको छ, चिताएको पनि थिइन् अमेरिका जस्तो ठाउँमा आएर यत्तिका नेपाली भेटिन्छन्, नेपालीमै गफ गर्न पाइन्छ, घरकै खाना खान पाइन्छ भनेर।’ गत शनिवार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा उनको सम्मानमा आयोजित कार्यक्रम पछि गजमेरले समाज टाइम्स सँग भने।
भुटनीज नेपाली आर्टिस अफ सेन्टर पेन्सिल्भेनियाले गत शनिवार ह्यारिसबर्ग स्थित दी फोरम अडिटोरियम आयोजित कार्यक्रममा गजमेरको साङ्गीतिक सम्मान गरिएको हो।
नेपाली सङ्गीतमा उल्लेख्य योगदान पुर्याएको भन्दै आयोजकका तर्फबाट गजमेरलाई सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाइएको थियो।
तीन घण्टा भन्दा लामो समय चलेको कार्यक्रममा दुई दर्जन स्थानीय गायक, गायिका तथा सङ्गीकारहरूले जगमेरद्वारा सङ्गीतबद्ध गीत प्रस्तुत गरेका थिए।
साङ्गीतिक कार्यक्रमको उद्घोषणमा नयाँ शैली अपनाइएको थियो। जगमेरकै रेकटेड भिडियोबाट संगितकर्मीहरुलाई स्टेजमा बोलाइएको थियो।
साँझ सात बजे कार्यक्रम स्थल पुगेका ८२ वर्षीय जगमेर पुरै अवधि हलमा रहेका थिए। कार्यक्रम राति साढे ११ बजे सम्म चलेको थियो।
कार्यक्रमको अन्त सम्म पनि उनी फुर्तिलो देखिएका थिए।
‘यो त सङ्गीतको कार्यक्रम हो नि, सङ्गीतका लागि त जिन्दगी नै गइराछ यो त केही होइन।’ उत्साहित हुँदै गजमेरले भने।
उनले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी सङ्गीतकर्मीको प्रशंसा समेत गरे।
‘यत्तिको प्रयास यहाँहरूले गर्नु भयो,त्यसका लागि उहाँहरूलाई बधाई छ,किनभने यो ठाउँमा आएर काँ कहाँबाट सबै सिङ्गर र म्युजिसियनलाई जम्मा गरेर कार्यक्रम गर्नु राम्रो हो, खुसी लागेको छ।’ गजमेरले भने।
कार्यक्रम संयोजक पर्शु अधिकारीले पनि कार्यक्रमबाट आफूहरू उत्साहित भएको बताए।
‘कार्यक्रम हामीले सोचे भन्दा राम्रो भयो।’ समाज टाइम्स सँग अधिकारीले भने,’नेपाली सङ्गीतका जीवित इतिहासलाई ह्यारिसबर्गमा सम्मान गर्न पायौ, हलमा ६ सय भन्दा बढी दर्शक थिए, यो हाम्रा लागि गौरवको कुरा हो।’
सम्मान कार्यक्रम भिडियोमा
कार्यक्रममा तस्बिरहरु …