जमैका नेपाली समाजको समर पिकनिक सम्पन्न
न्यु योर्क/ जमैका नेपाली समाजको आयोजनमा अमेरिकाको न्यु योर्क राज्यको क्विन्स अन्तर्गत ओजोन पार्कमा पिकनिक सम्पन्न भएको छ।
गत आइतबार फरेस्ट पार्कमा सम्पन्न समर पिकनिकमा ओजोन पार्क, साउथ ओजोन पार्क, क्वीन्स भिलेज , रिचमन्ड हिल्स साउथ ओजन पार्क तथा जमैका वरीपरी बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो।
जुलाईको प्रचण्ड गर्मीका बिच पनि पार्कको शीतल छहारीमा स-साना बालबालिका देखी जेष्ठ नागरिकहरू नेपाली खानाका विभिन्न परिकार खादै दिनभर ख्याल ठट्टा, रमाइला गफ गर्दै बिताएका थिए।
न्यु योर्क भित्र रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसमेत अतिथिको रूपमा सहभागी उक्त पिकनिक कार्यक्रममा एक सय ५० जना भन्दा बढी व्यक्तिहरू परिवारसहित सहभागी भएको आयोजकको दाबी छ।
विदेशी कर्मथलोमा रहेका नेपालीहरूमाझ एकापसमा चिनजान तथा भाइचारा अभिवृद्धि गर्दै आपसी सम्बन्ध र सहयोग सुदृढ गर्ने प्रमुख उद्देश्यले हरेक वर्ष जस्तै यस पटक पनि यस किसिमको कार्यक्रम गर्ने गरिएको आयोजकको भनाई छ ।
न्यु योर्कको जमैका र आसपासमा दिन प्रतिदिन नेपालीहरूको स्थायी बसोबासमा वृद्धि भइरहेको कारणले गर्दा पनि पिकनिकमा यस वर्ष विगत वर्षभन्दा दोब्बर बढी नेपालीहरूको सङ्ख्यामा सहभागिता रहेको अनुमान गरिएको छ।
पिकनिकमा बच्चाहरूको प्रतिभा सो एवं वयस्कहरूको डोरी तान्ने लगायतका प्रतिस्पर्धा र अन्य सरप्राइज गेमहरूको आयोजना गरिनुका साथै गिनिज़ बुक वर्ड रेकर्ड रोहित तिम्सिनाले आफ्नो डान्स प्रदर्शन गरेका थिए ।
पिकनिक स्थलमा यस वर्ष तीन तहका स्कुलमा ग्र्याजुएट भएका जमैका नेपाली समाजका बालबालिकालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।
पिकनिकमा बालबालिकाहरू प्रस्तुत गरिएका विभिन्न ट्यालेन्ट सोमा उत्कृष्ट हुनेहरूलाई पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सजन पौडेलले संयोजन गरेको किड्स ट्यालेन्ट सोमा पुरस्कृत हुनेहरू आभा भण्डारी, नृत्यमा निशान्त पण्डित, गीतमा श्रीला पौडेल, जिम्न्यास्टिकमा अनमोल आचार्य, कथा वाचनमा शस्नीका गुप्ता, चित्रकलामा अरबी हुमागाईँ , एलिशा पण्डित र दृष्टि घिमिरे पहिलो दोस्रो, र तेस्रो सान्त्वना भएका थिए।
यसै गरी चित्रकलामा स्कुल स्नातक अवार्ड बाट नेपाली अनमोल आचार्य, सान लम्साल, सम्भ्रान्त पौडेल समिया कार्की, दृष्टि घिमिरे, श्री नीति रिजाल र अस्टीन आचार्य सम्मान स्वरूप पुरस्कृत गरिएको थियो ।
जमैका नेपाली समाजका सचिव भीम न्यौपानेले पिकनिकको व्यवस्थापनका हरेक पक्षको समन्वय गरेका थिए । उपाध्यक्ष पुष्कर खनाल सहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले अतिथि तथा सहभागीहरूमा खाना तथा पानी वितरणमा सहयोग गरेका थिए ।
जमैका नेपाली समाजका सदस्य एवं रियल स्टेट एजेन्ट राम कार्कीले पिकनिक व्यवस्थापनको सबैको हौसला प्रदान गरेका थिए।
जमैका नेपाली समाजका सल्लाहाकारद्वय सूर्य लम्साल र कृष्ण लामिछाने पिकनिकमा उपस्थित थिए।