राष्ट्रपति पौडेल संविधानविद्सँगको परामर्शमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भावी सरकार गठनका लागि संविधानविदहरूसँग परामर्श थालेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार साँझ शीतल निवासमा कानूनविदहरूसँग छलफल गरिरहेका छन् ।
राष्ट्रपति पौडेलका सचिवालय सदस्य चिरन्जिवी अधिकारीका अनुसार छलफलमा संविधानविद् तथा कानूनविदहरू सहभागी छन् ।
भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानूनविद्हरुलाई बोलाएर छलफल थालेका हुन् ।
छलफलमा कानूनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गाेपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीकाे सहभागिता रहेकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार विश्वासको मत नपाएर पदमुक्त भएका छन् ।