अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
पेन्सिल्भेनिया । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एक एक गोल गरे ।
अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२ औं मिनेटमा रोड्रिगो जाभियरको पासमा गोल गर्दा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।
५१ औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै अर्जेन्टिनाले केपा अमेरिकाको फाइनलमा स्थान बनाएको हो । अन्तिम समयमा क्यानडाले अर्जेन्टिनामाथि दबाब बनाए पनि सफल हुन सकेन ।
यो सँगै अमेरिका कोपाको १६ औं उपाधि नजिक पुगेको छ भने समग्रमा ३० औं पटक फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले २०२१ को कोपा अमेरिका जितेको थियो । अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।