मूर्धन्य सङ्गीतकर्मी रणजित गजमेरको ह्यारिसबर्गमा ‘साङ्गीतिक’ सम्मान हुँदै
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नेपाली सङ्गीतका मूर्धन्य व्यक्तित्व रणजित गजमेरको अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा साङ्गीतिक सम्मान हुने भएको छ।
दी भुटनीज नेपाली आर्टिस इन सेन्टल पेन्सिल्भेनियाको आयोजनामा ८२ वर्षीय सङ्गीतकार र सङ्गीत निर्देशक गजमेरको सम्मान गर्न लागिएको हो।
रणजित गजमेर उत्सव:जिन्दगानी दर्पण छायाँ नाम दिएको साङ्गीतिक कार्यक्रम ह्यारिसबर्ग स्थित फोरम अडिटोरियम (500 Walnut St, Harrisburg, PA 17120) जुलाई १३ तारिख शनिवार साँझ हुने छ।
आयोजक कमिटीले नेपाली सङ्गीतका जिउँदो इतिहास गजमेरको सम्मानमा आयोजना हुने कार्यक्रममा सम्पूर्णलाई सहभागी हुन अनुरोध गरेको छ।
आयोजक कमिटीको तर्फबाट आइतबार ह्यारिसबर्गमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक अमल थुलुङले लिजेण्ड सङ्गीतकर्मी गजमेरलाई सम्मान गरिनुका साथै उनीद्वारा सङ्गीतबद्ध गीत स्थानीय नेपाली भुटानी कलाकारले प्रस्तुत गर्ने जानकारी दिए।
‘६ दशक देखि सङ्गीतमा लागि राख्नु भएको छ हामी सम्पूर्ण नेपाली भाषीका लागि उहाँ प्रेरणाको स्रोत बनी राख्नु भएको छ। कालजयी गीत सङ्गीतबद्ध गरेर हामीलाई मनोरञ्जन दिइरहनु भएको छ। मनोरञ्जन मात्र नभएर दुख पीडा वीरताको गाथाका गीतमा पनि सङ्गीत दिनु भएको छ। उहाँलाई हामी ह्यारिसबर्गमा सम्मान गर्न चाहन्छौ।’ पत्रकार सम्मेलनमा थुलुङले भने।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विकास थुलुङले दिएको जानकारी अनुसार जुलाई १३ तारिख सात बजेबाट कार्यक्रम सुरु हुने छ। ढोर ओपन भने साँझ ६ बजे देखि नै हुने छ। उनले कार्यक्रम स्थल वरपर त्यो दिन फ्री पार्किङ्गको व्यवस्था भएको पनि जानकारी दिए।
संयोजक थुलुङले कार्यक्रममा सुरक्षाको उचित व्यवस्था गरिएको बताए। उनले निर्धक्क भएर कार्यक्रममा आउन आग्रह गरे।
कार्यक्रमका लागि कलाकार संयोजक रोजन सुब्बाका अनुसार दुई दर्जन भन्दा बढी स्थानीय कलाकारले रणजित गजमेरद्वारा सङ्गीतबद्ध गीत प्रस्तुत गर्ने छन्।
‘हाम्रो समुदायमा पहिलो पटक ठुलो सङ्ख्यामा कलाकारले एकै ठाउँमा प्रस्तुति दिँदै छन्, त्यो अवसर नगुमाउनु होला।’ पत्रकार सम्मेलनमा सुब्बाले भने।
अर्का कार्यक्रम संयोजक पर्शु अधिकारीका अनुसार कार्यक्रममा साधारण टिकट लागि २५ अमेरिकी डलर भिआइपी टिकटका लागि एक सय तोकिएको छ। यस्तै ज्येष्ठ नागरिक र फरक शारीरिक क्षमता भएकाहरूका लागि दुई सय वटा टिकट निःशुल्क व्यवस्था गरिएको पनि संयोजक अधिकारीले जानकारी दिए।
(कार्यक्रमको अनलाइन टिकटका लागि यहाँ क्लिक गर्नु होला।)
अधिकारीले कार्यक्रम सम्पन्न गर्नका लागि करिब ४५ हजार डलर खर्च हुने जानकारी दिए। उनले कार्यक्रममा बचेको रकम नेपाली संगितक्षेत्रमा नै खर्च गरिने बताए।
कार्यक्रमको टिकट विभिन्न ग्रोसरी स्टोर, रेस्टुरेन्ट र अनलाइनमा गरी खरिद गर्न सकिने संयोजक अधिकारीले जनाए।
यसै गरी कार्यक्रमका आउटरिच कोअडिनेटर रत्न गुरुङले रनजित गजमेरको सम्मान ह्यारिसबर्गबासीका लागि अवसर समेत भएको बताए।
‘यो हाम्रो भाग्यको कुरा पनि हो बाबु जी अहिले ८२ वर्षको हुनुहुन्छ उहाँ हामीले कहिल्यै भुल्न नसक्ने व्यक्ति ६० वर्ष भन्दा बढी गीतसङ्गीतमा बिताउनु भएको छ। शनिवार आइदिनुहोस्। १६ सय भन्दा बढी सिट हामी सँग छ। हामी कुनै कमजोरी हुन दिँदैनौ।’ गुरुङले भने।
भारतीय सङ्गीत निर्देशक आरडी बर्मनसँग लामो सम्बन्ध भएका गजमेरले नेपाली चलचित्रका चर्चित निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका अधिकांश चलचित्रमा सङ्गीत दिएका छन् ।
कार्यक्रमलाई नक्षत्र फाउन्डेसन, समास फाउन्डेसन र मेनुका मेमोरियल फाउन्डेसनको पनि सहयोग रहने छ।
पत्रकार सम्मेलनको भिडियो
रणजित गजमेर उत्सव:जिन्दगानी दर्पण छायाँ कार्यक्रममा सहभागी हुने सङ्गीतकर्मीहरू
संगीतकारहरू
१. राजेन्द्र कर्ण
२. प्रमोद उपाध्याय
३. सुशील विश्वकर्मा
४. विष्णु रामदम
५. गणेश गजमेर
६. हरि गजमेर
७. दान घाटानी
८. नर गुरुङ
९. दिनेश शंकर
१०. राजेश गुरुङ
११. मदन रसाइली
गायकहरू:
१. सम्झना ओली
२. सुजाता वर्मा
३. मञ्जु लामा
४. कांचीमाया सुब्बा
५. एस्थर गजमर
६. टिका लामिछाने
७. रोमना गुरुङ
८. कुन्ती गुरुङ
९. लीला गजमेर
१०. टेक दूधराज
११. किरण गजमेर
१२. किशोर शिवाकोटी
१३. छबि न्यौपाने
१४. महेश थुलुङ
१५. लोकेश गुरुङ
१६. जीवन गुरुङ
१७. रोनान सुब्बा
१८. बिरेन रसाइली
१९. जितेन्द्र गिरी
२०. मुस्कान बालम्पकी
कार्यक्रमको अनलाइन टिकटका लागि यहाँ क्लिक गर्नु होला।