विश्वकप क्रिकेट : अमेरिका र आयरल्याण्डको टसमा ढिलाई
पेन्सिल्भेनिया । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अमेरिका र आयरल्याण्डबीचको खेल वर्षातका कारण अझैं सुरु हुन सकेको छैन ।
स्थानिय समय अनुसार शुक्रबार विहान साढे १० बजेदेखि सुरु हुन पर्ने खेल लगातारको वर्षात्का कारण मैदान अत्याधिक भिजेकाले टस पनि हुन नसकेको हो ।
पछिल्लो २ दिनमा फ्लोरिडामा लगातार वर्षात हुँदा आपत्कालकै घोषणा गरिएको छ । अहिले पानी भने परेको छैन र घाम लागेको छ । अम्पायरले दुई पटक पिचको निरीक्षण गरेका छन् । अब अर्को निरीक्षण अमेरिकी समय अनुसार साढे १२ बजे हुने छ । ओभर घटाएर भए पनि खेल खेलाउने तयारी भएको जनाइएको छ ।
अमेरिका र आयरल्याण्डबीचको खेल रद्द हुँदै दुवै टिमले एक एक अंक बाँड्दा त्यसको प्रत्यक्ष असर भने पाकिस्तानलाई पर्ने छ । अमेरिका समूह चरणका चार खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर सुपर एटमा पुग्ने छ । आयरल्याडको भने विश्वकपमा पहिलो अंक हुने छ । खेल भएर अमेरिकाले हार्दा मात्रै पाकिस्तानको सुपर एटको सम्भावना कायम हुने छ ।
टी–२० अन्तर्राष्ट्रियमा आयरल्याण्ड र अमेरिका बीचको अन्तिम भिडन्त फ्लोरिडामा २३ डिसेम्बर २०२१ मा भएको थियो । उक्त खेल यरल्याण्डले ९ रनले जितेको थियो । पहिले खेलेको आयरल्याण्ड १८.५ ओभरमा १५० रनमा अलआउट भयो । सो खेलमा सौरभ नेत्रवालकरले ३ विकेट लिएका थिए । तर, अमेरिकी टोलीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रनमा रोकिएको थियो ।
अमेरिकाले आफ्नो पहिलो टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टोलीका ब्याट्सम्यान आरोन जोन्स आफ्नो उत्कृष्ट ब्याटिङका कारण चर्चामा छन् । उनले क्यानडाविरुद्ध ९४ रनको इनिङ खेलेका थिए । यससँगै उनले पाकिस्तानविरुद्ध पनि अविजित ३६ रन बनाएका थिए । उनी बाहेक बलिङमा भारत र पाकिस्तानविरुद्ध भारतीय मूलका सौरभ नेत्रवालकरले २–२ विकेट लिए । उनी आफ्नो टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
आयरल्याण्डका कप्तान पाउल स्टर्लिङले टी–२० अन्तर्राष्ट्रियमा ३६०० रन पूरा गरेका छन् । यसमा एक शतकीय पारी पनि समावेश छ । उनी टोलीका सर्वाधिक रनकर्ता हुन् । योसँगै बलर मार्क एडेयर टी–२० मा आयरल्यान्डका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
अमेरिकी क्रिकेटले बनायो इतिहास, पुग्यो टी २० विश्वकपको सुपर एटमा
June 14, 2024 @ 5:45 pm
[…] […]