विश्वकपको वार्म-अप खेलमा नेपाल र क्यानडा खेल्दै
पेन्सिल्भेनिया । आइसीसी टी–२० विश्व कप अघिका वार्म अप खेल शुरु हुदैछन् ।
नेपालले पहिलो वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ । नेपाली समय अनुसार सोमबार राति सवा ९ बजे सुरुहुने छ । यो डालासको समय अनुसार सोमबार विहान साढे १० बजे हो ।
नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो । आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ । नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।