टेक्ससमा नेपाली समुदायको रिपब्लिक उम्मेदवार सँग अन्तरक्रिया
नारायण भण्डारी
राउन्ड रक, टेक्सस/ टेक्सस राज्यको विधायक (संसद्का)१३६ डिस्ट्रिक्टका रिपब्लिकन उम्मेदवार अमिन सल्लाउद्दीन सँग राउन्ड रक सिटीका स्थानीय नेपाली समाजसेवीहरू र सञ्चार कर्मीको टोलीले उनकै कार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
आइतबार बिहान राउन्ड रकको वेष्ट ड्राइभमा रहेको उनको कार्यालयमा करिब दुई घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा उम्मेदवार सल्लाउद्दीनले आफ्नो उम्मेदवारीको उद्देश्य प्रस्ट पार्दै नेपाली समूहले राखेको विभिन्न जिज्ञासाको जवाफ दिएका थिए ।
स्थानीय समाजसेवी एवं उद्यमी अमिनले स्थानीय समस्या समाधान गर्न, नवसिर्जनालाई प्रोत्साहन गर्न,साना उद्योगी व्यवसायीलाई सहयोग गर्न आफ्नो उम्मेदवारी भएको बताए ।उनले सहज स्वस्थ सेवा, सार्वजनिक सुरक्षा, शिक्षामा सुधार, कर र खर्चमा कटौती गरी स्थानीयको जीवनलाई सहज बनाउन आफूले काम गर्न पहिलो प्राथमिकता दिने बताए ।
रिपब्लिकन उम्मेदवार अमिन टेक्ससमा स्वस्थ क्षेत्रमा गैर-नाफा मूलक संस्थाका संस्थापक हुन। सल्लाउद्दीन विविधतामा एकता एवं सहकार्यका लागि भन्ने नारा लिएर चुनावमा आएका छन् । उनीसँग नेपाली समुदायको आगामी अन्तरक्रिया कार्यक्रम आउँदो जुन महिनाको २ गते राखिएको छ ।