‘सम्पूर्ण गैर आवासीय नेपालीको पक्षमा एकताबद्ध भएर लागौँ’: हरिबोल भण्डारी
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व सल्लाहकार एवं नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले सम्पूर्ण गैर आवासीय नेपालीको पक्षमा एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्।
एनआरएनएका पूर्व सचिव गौरी जोशीले फरक संस्था स्थापना गर्ने घोषणा गरेको भोली पल्ट भण्डारीले यस्तो अपिल गरेका हुन्।
भण्डारी अमेरिकाको टेक्ससमा लामो समय देखि व्यवसाय गर्दै आएका छन्। भण्डारी र टेक्सस निवासी जोशी निकट मानिन्छन्। जानकारहरूका अनुसार भण्डारी र जोशी कयौँ ठाउँमा व्यवसायमा साझेदार छन्।
एनआरएनए सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लै एक फैसलाले जोशीको दुई दुई पटकको महासचिवको पद खारेज भएको छ।
शनिवार साँझ मात्र जोशीले गैर आवासीय नेपाली व्यवसायी संघ गठन गर्ने भन्दै स्ट्याटस लेखेका थिए। जोशीको स्ट्याटसले प्रवासमा हलचल ल्याएको छ।
गौरी जोशीले एनआरएनएमा बढी राजनीति भएको बन्दै व्यवसायीको मात्र संस्था बनाउने भनेको भोली पल्ट भण्डारीको भनाई आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
‘सर्वप्रथम हामी सबै गैर आवासीय नेपालीहरू हौँ !’ भण्डारीले लेखेका छन्, ‘पेशाले हामी कोही डाक्टर छौँ, कोही पाइलट छौँ, व्यापारी छौँ, विद्यार्थी छौँ या विभिन्न पेशामा सम्बद्ध छौँ । जुन सुकै पेशा व्यवसायमा भए पनि हामी देश बाहिर रहेका सबै गैर आवासीय नेपालीहरू हौँ ।’
‘सर्वप्रथम हामी सबै गैर आवासीय नेपालीहरू हौँ !’ भण्डारीले लेखेका छन्, ‘पेशाले हामी कोही डाक्टर छौँ, कोही पाइलट छौँ, व्यापारी छौँ, विद्यार्थी छौँ या विभिन्न पेशामा सम्बद्ध छौँ । जुन सुकै पेशा व्यवसायमा भए पनि हामी देश बाहिर रहेका सबै गैर आवासीय नेपालीहरू हौँ ।’
भण्डारीले सर्वोच्चको फैसलाको स्वागत समेत गरेका छन्। तर जोशीले फैसलाबारे मौनता साधेका छन्।
‘नेपाल र नेपालको संविधानले हामीलाई गैर आवासीय नेपालीका रूपमा चिन्दछ । बाध्यता, रहर या परिस्थितिले हामी देश बाहिर छौँ तर हामी मातृभूमि नेपाल र नेपाल बाहिर रहेका नेपालीहरूको हितमा प्रतिबद्ध छौँ ।’ भण्डारीले लेखेका छन्, ‘सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको बारेमा एउटा निर्णय गरेको छ । उक्त निर्णयलाई स्वागत गर्दै, विश्वभर रहेका सम्पूर्ण गैर आवासीय नेपालीको पक्षमा एकताबद्ध भएर लागौँ ।’
भण्डारीले निजी व्यवसाय र एनआरएनएको राजनीति फरक कुरा भएको बताए। ‘उहाँ र म निकट हौ, हामी व्यवसायी साझेदार पनि हौ, तर एनआरएनएका सवालमा सबै कुरामा समान धारणा हुन्छ नै भन्ने छैन, बेला बेलामा फरक पर्न सक्छ।’ समाज टाइम्स सँग भण्डारीले भने।
भण्डारीले जोशीको काउन्टरमा स्ट्याटस नलेको दाबी गरे। ‘सर्वोच्चको फैसला पछि मैले मेरो धारणा सार्वजनिक गरेको हुँ। गौरी जीलाई जवाफ होइन, म एनआरएनएमा एकताको पक्षमा छु, सबै यसमा अट्न पर्छ भन्ने हो।’
र यो पनि…

















