अमेरिकी राष्ट्रपति बाइडेनले दिए होलीको शुभ कामना
पेन्सिल्भेनिया/ अमेरिकी राष्ट्रपति जो बाइडेनले फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा शुभ कामना दिएका छन्।
राष्ट्रपति बाइडेनले सोमवार सामाजिक सञ्जाल मार्फत होलीको शुभ कामना दिएका हुन्।
‘आज, संसारभरि लाखौँले अबिर र जीवन्त रङ्गहरू सँग होली, वसन्तको आगमन मनाउन एकसाथ सामेल हुनेछन्।’ राष्ट्रपति बाइडेनले लेखेका छन्,’ जिल र म आजको रङ्गहरूको पर्व मनाउने सबैलाई खुसी र खुसीको कामना गर्दछु।’
नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराई क्षेत्रमा सोमबार होली मनाइएको छ। पहाडमा फागु पूर्णिमा र तराईमा होलीको नामले रङ्गहरूको पर्व मनाउने गरिन्छ।
एक आपसमा रङ्ग दलेर खुसी साटासाट गर्ने पर्व अमेरिकाका विभिन्न राज्यमा पनि धूमधाम मनाइएको छ। नेपाली र भारतीयमूलकाले पनि होली मनाउने गर्दछन्।
यसै गरी यूएस सिटिजन र इमिग्रेसन सर्भिस (यूएससीआइएस) ले पनि होली पर्वको उपलक्ष्यमा शुभ कामना दिएको छ।
‘रङ्गिन होली पर्व मनाउने सबैमा हार्दिक मङ्गलमय शुभकामना !’ यूएससीआइएसको पेजमा भनिएको छ।