कांग्रेसको निर्वाचन समितिलाई जनसम्पर्क समिति क्यानडाको चुनौती
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको निर्णयविरुद्ध जनसम्पर्क समिति क्यानडाले खेद प्रस्ताव पारित गर्दै प्रतिसोधपूर्ण निर्णय गर्ने निर्वाचन समितिका पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेको छ ।
निर्वाचन समितिले २० फागुनमा जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बद्रीप्रसाद वली क्यानडियन नागरिक रहेको पाइएको भन्दै कांग्रेसको विधानबमोजिम वली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य नरहने निर्णय गर्दै पत्राचार गरेको थियो ।
तर जनसम्पर्क समिति क्यानडाले भने निर्वाचन समितिको सो निर्णयविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।
बैठकले निर्वाचन समिति बर्खास्त गर्न माग गर्ने निर्णय गरेको जनसम्पर्क समितिका प्रवक्ता खुमजङ्ग बस्नेतले जानकारी दिए । ‘कांग्रेस महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्तावको ३१ औँ पेजको बुँदा ८ मा विदेशमा बस्ने नेपाली मुलका विदेश नागरिककाबारेमा प्रष्टसँग प्रस्ताव लिई सोको बारेमा व्यापक छलफल गरी आउँदो विधानमा स्पष्ट गर्ने भन्नेबारे महासमिति बैठक पास गरेको छ,’ बैठकपछि प्रवक्ता बस्नेतले भनेका छन्, ‘तर निर्वाचन समितिले हतारमा प्रतिसोधपूर्ण ढंगबाट गैरसंवैधानिक, अपमानजनकरुपमा गरिएको पत्राचार खारेज गर्ने, पत्रको भत्सना गर्ने र खेद प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ ।’
बैठकले जनसम्पर्क समितिका सभापति वलीलाई व्यक्तिगतरुपमा विभिन्न भ्रामक प्रचार र क्षति पुर्याउने काम भएको भन्दै क्षतिपुर्तिको व्यवस्था गर्न समेत माग गरेको छ ।
बैठकपछि जारी भएको फेसबुक विज्ञप्ति
नेपाली जनसम्पर्क समिती क्यानडाको आकस्मिक बैठक का निर्णयहरु
नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश वली को सभापतित्वमा आकस्मिक बैठक वस्यो, बैठकमा नेपाली जनसम्पर्क समिति क्यानडाका संस्थापक सल्लाहकारहरु प्रकाश ज्ञवाली, राज महत, कानुनी सल्लाहकार लयर अतुल सुबेदी, संस्थाका उपसभापतीहरु, महामन्त्री, सहमहामन्त्रीहरु, प्रबक्ता एवम् केन्द्रिय सदस्य ज्यूहरुको उपस्थितीमा ब्यापक छलपल गरी निम्नलिखित निर्णय गरीयो ।
१. नेपाली कांग्रेसका महामन्त्री माननीय गगन कुमार थापा ज्यूको सांगठनीक प्रस्तावको ३१ नम्वर पेजको बुदा ८ मा विदेशमा बस्ने नेपाली मुलका बिदेशी नागरीकका बारेमा प्रष्ट संग प्रस्ताव लिई सोको बारेमा ब्यापक छलफल गरी आउदो बिधानमा स्पष्ट गर्ने भन्ने बारे महासमिति बैठकले पास गरेको कुरालाई हतार गरी नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समिति बाट आएको गैर सम्वैधानीक, अपमानजनक र प्रतिसोधको उक्त पत्रलाई खारेज गर्ने र उक्त पत्रको घोर भत्सना गरदै खेद प्रस्ताव पास गरी नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति लाई पत्राचार गरी उक्त असम्वैधानीक कार्यगर्ने निर्वाचन समितिलाई तत्काल बर्खास्त गरी नेपाली जनसम्पर्क समिती क्यानडालाई जानकारी गराउनलाई माग गर्ने निर्णय गरीयो ।
२. नेपाली जनसम्पर्क समिती क्यानाडा ,क्यानाडा सरकारको नियम कानुन अनुसार सन् २०१४ सालमा दर्ता भैइ सोही नियम अनुसार निर्वाचन गरी नेपाली कांग्रेस पार्टी बाट सम्बन्धन प्राप्त गरी कार्यसमिती गठन गरिएको र समितिलाई हाल आयर नेपाली कांग्रेस पार्टीको उक्त निर्वाचन समितिले आफ्नो निर्वाचन कार्यमा क्यानाडाका सभापति बुद्धि प्रकाश वली लाई महासमिती प्रतिनिधिमा समाबेश गरी महासमितीको बैठक बाट भए गरेका कुरा हरुलाई केन्द्रिय समितिमा प्रतिबेदन बुझाउनु पर्ने मात्र अधिकार भएको र नेपाली कांग्रेस पार्टीमा केही उजुरी परे हेर्ने आफनै संगठन र अनुशासन बिभाग रहेको हुँदा हुँदै महासमिती बैठक सकिएको १० दिन पछी ब्यक्तीगत इगो र एकलौटी ढंगले प्रभाबित भैइ सफाइ दिने कुनै मौका निदीइ, उजुरिको आधारमा सबै पद बाट हटाउने भनी पार्टीको आन्तरिक कुरालाई पत्र पत्रीका र कांग्रेस पार्टी भन्दा बहिरका ब्यक्तीहरुलाई सो पत्र दिई ब्यापक प्रचारप्रसार गरी नेपाली कांग्रेस पार्टीको संगठन लाई धरासाइ हुने गरी ब्यक्ती बिशेष लाई अपमानजनक आघात पुगेको ठहर गरेको निर्णय गरेको छ ।
३.उक्त निर्वाचन समितिको पत्र र सभापति बुद्धि प्रकाश वलिको ब्यक्तीगत कागजातहरुको विभिन्न सामाजिक सन्जाल मार्फत प्रकाशन गर्ने ब्यक्तीहरुलाई क्यानाडाको नियम कानुन अनुसार हदै सम्मको कारबाहीको माग गरी निज हरुलाई क्यानाडाको अदालत मार्फत क्षतीपुर्ती माग गर्ने निर्णय गरियो ।
४.नेपाली जनसम्पर्क समिती क्यानाडाले आफ्नो बिधान् अधिबेसन गर्नलाई क्यानाडाको कानुन अनुसार संघिय सरकारमा सन् २०१४ मा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको तर सो को मिल्दो एउटै नामले क्यानाडाको कानुन बिपरीत सामाजिक सन्जाल मार्फत कार्यहरु गरीरहेको र सो संस्थालाई खारेज गर्छु भनी बिगत २ बर्ष पहिले उदय दुराले कागज समेत गरेकोले निजलाई सो को क्षती पुर्तीको माग गर्दै सो सन्था खारेजको लागि संघिय सरकारलाई पत्राचार गर्ने निर्णय गरियो ।
५.नेपाली जनसम्पर्क समिती क्यानाडाले आफ्नो बिधान अधिबेसन गर्नलाई नेपाली कांग्रेस केन्द्रिय पार्टी कार्यलयमा १ महिना पहिले दर्ता गरी सकेकोले सो बिधान अधिबेसन गरी नयाँ कार्यकालको लागि पनि चाडै अधिबेसन गर्ने निर्णय गरियो ।
६.नेपाली जनसम्पर्क समिती क्यानाडाले बिगतका बर्षहरुमा झै यो बर्ष पनि क्यानाडामा बस्ने नेपाली हरुको लागि सामाजिक कार्यहरु गर्न निम्न अनुसारका प्रस्ताब पास गरियो ।
क. Free Tax Filing गर्न CRA क्यानाडाबाट नेपाली जनसम्पर्क् समिती क्यानाडालाई अनुमती प्राप्त भयकोले आउदो April महिनाको पहिलो हप्ता भित्र निम्म आय भएका नेपाली एबम् बिद्यार्थीहरुको लागि CA, CPA द्वारा एक दिने Free Tax Clinic सञ्चालन गर्ने निर्णय गरियो ।
ख. क्यानाडामा रहेका मानिसहरुको जिबन रक्षा गर्न को लागि नेपाली जनसम्पर्क समिती क्यानाडाबाट Blood Donation कार्य गर्ने निर्णय गरियो ।
ग. नेपालबाट आफ्ना आफन्तलाई भेटघाट गर्न आउनु भएका (Visit Visa )सिनियर हरुको मुख र दात को उपचारर्था को लागि हरेक हप्ताको बिहीवार र शुक्रबार Free Clinic सेवा सन्चालन गर्ने निर्णय गरियो ।
घ. क्यानाडामा बस्ने नेपाली बिद्यार्थीहरुको स्वाथ्य् एबम मनोरन्जन को लागि बिभिन्न खेलकुद सँग सम्बन्धीत कार्य सन्चालन गर्ने निर्णय गरियो ।
बुद्धि प्रकाश वली
सभापति
नेपाली जनसम्पर्क समिती क्यानाडा
NPCC-Canada