ईजिएन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आईएमए निहोनलाई दश पदक
![karate karate](https://samajtimes.com/wp-content/uploads/2024/03/karate-scaled.jpg)
न्यु योर्क/ ईजिएन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आईएमए निहोन करातेले दश पदक जितेको छ।
ईजिएन मार्शल आर्ट्सको आयोजनामा सिटी युनिभर्सिटी अफ न्यु योर्कको स्पोर्ट्स हलमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा आईएमए निहोन करातेबाट भाग लिएका ८ जना खेलाडी मध्ये सात खेलाडीले पदक जितेका हुन्।
सहभागी खेलाडीले नौ रजत र एक काश्य जिते। विभिन्न उमेर समूहमा भाग लिएका खेलाडीहरू मध्ये हम्लेट इज़ेलोले कुमिते तर्फ काश्य र कातामा रजत पदक जिते।
यस्तै अलान इज़ेलोले काता तथा कुमिते दुबैमा रजत पदक प्राप्त गरे। ईजिता मल्लले काता तथा कूमिते दुबैमा रजत जिते। माथ्यू बुएस्टानले कुमितेंमा रजत जिते।
काता इभेंट्समा प्रकृति राणा मगर, रब्सेल शेर्पा र ईथान पेगारिडोले रजत पदक हासिल गरेका छन्।
प्रतियोगितामा नेपाल लगायत कुर्दिकस्थान र अमेरिकाको अन्य राज्यहरू बाट तीन सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। बिहान ९ देखि साँझ ६ बजे सम्म ६ वटा तातामीमा ३५ जना बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरुले खेल खेलाएका थिए।
प्रतियोगितामा रेफ्री तथा जज मा अन्तर्राष्ट्रिय रेफ्री शान्त थोकर र कोचमा मेलिन हुई र यूसेई ओशिमा रहेको थियो।