अमेरिकावासी आज साबिक भन्दा एक घण्टा अगाडी सुत्नुहोस् : प्रसङ्ग डे लाइट सेभिङ्ग
पेन्सिल्भेनिया/ भोली मार्च १० गते आइतबार अमेरिकामा डे लाइट सेभिङ्ग समय शुरु हुदैछ । भन्नु को अर्थ, अमेरिकामा भोलि आइतबार बिहान २ बजे डे लाइट सेभिङ्ग समय लागु हुन्छ । अर्थात् बिहान १ बजे पछि २ बज्नुको सट्टा घडीको सुईले सिधै ३ मा छलाङ मार्दछ । बिहान २ नै नबजी ३ बज्दछ । यसर्थ, आज राती तपाई लाई सुत्ने समय एक घण्टा कम हुन्छ । त्यसैले आज बेलुकी साबिक भन्दा एक घण्टा पहिले सुत्नुहोस् ।
मार्च १०, आइतबार सुरु भएको डे लाइट सेभिङ्ग समय नोभेम्बर ३ गते आइतबार सकिन्छ । आगामी नोभेम्बर ३ गते का दिन बिहान २ बज्न साथ समय पुन १ बजेमै फर्कन्छ । यो दिन भने तपाईँले एक घण्टा बढी सुत्न पाउनुहुने छ ।
यो डे लाइट सेभिङ्ग समय लागु हुन साथ सबै डिजिटल सिस्टम जस्तो कि सबै इन्टरनेट, कम्प्युटर प्रणाली र विद्युतीय घडीहरूमा समय आफै अपडेट हुन्छन् भने एनालग सिस्टमका सामाग्रीहरूमा भने समय मिलान गर्नु पर्ने हुन्छ ।
कहिले पर्छ अमेरिकामा डे लाइट सेभिङ्ग?
यसको निश्चित मिति हुँदैन । तर अमेरिकामा डे लाइट सेभिङ्ग हरेक वर्ष मार्च महिनाको दोस्रो आइतबार सुरु हुन्छ भने नोभेम्बर महिनाको पहिलो आइतबार यो सकिन्छ ।
कसले परिकल्पना गर्यो डे लाइट सेभिङ्ग अवधारणा?
ठ्याक्कै कसले डे लाइट सेभिङ्ग टाइमको कल्पना गर्यो भन्ने मा एक मत भेटिँदैन । यसमा मुलत तीन मत भेटिन्छ । पहिलो मतका अनुसार अमेरिकी वैज्ञानिक तथा फउडिङ्ग फादर बेन्जामिन फ्रयांक्लिन ले १८ औँ शताब्दी (१७८४) मा लागुको मान्दछन् ।
दोस्रो का अनुसार न्यूजील्यण्डका कीटविज्ञानशास्त्री तथा खगोल विज्ञानी जर्ज बर्नाड हडसनले १९ औँ शताब्दीमा लागु गरेको ठान्दछन् । तेस्रो मत का अनुसार २० औँ शताब्दीमा ब्रिटिस ठेकेदार तथा शाही खगोल समाजका सदस्य विलियम उइलेट गरेको भन्दछन् ।
कहिले बाट सुरु भो डे लाइट सेभिङ्ग समयको प्रचलन?
यो समय जर्मनमा १९१६ मा पहिलो पटक लागु भएको मानिन्छ, त्यस पछि बेलायतमा । अमेरिकामा भने सन् १९१८ मा लागु गरिएता पनि देश व्यापीरुपमा एक हिसाबले लागु भने सन् १९६६ मा राष्ट्रपति ल्यान्डन वी. जनसन को पालामा ‘दी युनिफर्म टाइम एक्ट’ पारित गरे पछि डे लाइट सेभिङ्ग टाइमले आधिकारिकता पाएको हो।
किन गरियो डे लाइट सेभिङ्ग समयको प्रचलन?
यसको उत्तर भने सहज छ । ऊर्जाको बचत गर्न । काम गर्नका लागी प्राकृतिक उज्यालो को अधिकतम उपयोग गर्न डे लाइट सेभिङ्ग समयको परिकल्पना तथा प्रचलन गरिएको थियो ।
यो प्रचलन मार्फत कम्तीमा वर्षमा ६५ प्रतिशत दिनमा प्राकृतिक उज्यालो को उपयोग बढाउन सकिन्छ । मार्चको डे लाइट सेभिङ्ग समयले अमेरिका साँझ को समयमा अबेर सम्म सौर्य उज्यालो प्राप्त हुन्छ भने नोभेम्बरको डे लाइट सेभिङ्ग ले बिहान सबेरै सौर्य उज्यालो प्राप्त हुन्छ ।