नेपाली अमेरिकन मैत्री संघको मम भेला
विस्कन्सिन / अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनमा रहेका नेपालीहरूको संस्था नेपाली अमेरिकन मैत्री संघले शनिवार मम भेला सम्पन्न गरेको छ।
जाडोको समयमा समुदायलाई एक आपसमा घुलमिल हुने अवसर दिलाउन मम भेला गरिएको आयोजकको भनाई छ।
‘यो निकै जाडो हुने ठाउँ हो, डिसेम्बर देखि मार्चको अन्त सम्म नै जाडो हुन्छ, मान्छेहरू घर बाहिर भेला हुन गाह्रो हुन्छ त्यही भएर आपसमा भलाकुसारी गर्न यस्तो कार्यक्रम गरेका हौ।’ बोर्ड सदस्य रबीन्द्र उप्रेतीले समाज टाइम्स सँग भने। ‘संस्थालाई पनि केही आर्थिक फाइदा हुने।’
जीवन सापकोटा र दीपक पौडेलको संयोजकत्वमा रसिलो स्वादिलो मम स्वाद लिँदै लामो जाडोको बिचमा म्याडिसन नेपाली समुदायले भलाकुसारी गर्ने कार्यक्रम सम्पन्न हो। उप्रेतीका अनुसार सहभागी सबैले मम बनाउने र खाने गरेका थिए। त्यस बापत संस्थालाई १२ अमेरिकी डलर दिनु पर्ने व्यवस्था गरिएको थियो। सो रकम संस्थाको नियमित कार्यक्रममा खर्च हुने जनाइएको छ।

उप्रेतीका अनुसार म्याडिसनमा लगभग दुईको हाराहारीमा नेपाली छन्। ‘यहाँ नेपालीको संख्या त्यति ठुलो छैन, भएका पनि प्रायशः सबै जागिरे हुन् जाडोमा सबै जनाको जमघट हुनु नै ठुलो अवसर हो।’उनले भने, ‘कार्यक्रममा करिब एक सय उपस्थित थिए।
करिब दुई सयको हाराहारीमा नेपाली छन्। एक सय उपस्थित थिए।

उप्रेतीका अनुसार संस्थाले बालबालिकालाई नेपाली भाषा र नृत्यको कक्षा संचालान गर्दै आएको छ। संस्था सन् २००५ मा स्थापना भएको हो ।
कार्यक्रममा भेज ममको व्यवस्थापन उप्रेतीले गरेका थिए भने चिकेन मम व्यवस्थापन जीवन सापकोटा, दीपक पौडेल, सन्तोष पौडेल, नरेन्द्र रेग्मीले गरेका थिए।

स्वयंसेवकहरूमा पर्वत रेग्मी, गणेश श्रेष्ठ, अभिमन पसक्षे, मित्र पौडेल, महेश श्रेष्ठ लगायत अधिकांश उपस्थित रहेका थिए।
त्यसैगरि युवा स्वयंसेवकहरूले रकम संकलन, टेबल व्यवस्थापन, सरसफाइ लगायत बालबालिका नियन्त्रण र रेखदेखको महत्त्वपूर्ण जिम्मेवारी लिएका थिए। युवा स्वयंसेवकहरूमा ऐरिना उप्रेती, जुना रिजाल, प्रियसा गुरागाईँ, स्मारिका पनेरु, युजेन थापा, रोविन पन्थ, अनुश्री श्रेष्ठ र आरजु पुडासैनी लगायतको कार्यक्रम सफल पार्न योगदान रहेको उप्रेतीको भनाइ छ।




















