अमेरिकामा सामाजिक अभियन्ता टेक लामा सिकिस्त, उपचारका लागि सहयोगको अपिल

लस एञ्जलस / अमेरिकामा सामाजिक रूपमा सक्रिय टेक बहादुर लामा गम्भीर बिरामी भएकाले उपचारका लागि सहयोगको अपिल गरिएको छ।
१४ वर्ष देखि अमेरिका बस्दै आएका गोर्खाका लामालाई चौथो चरणको कोलोन क्यान्सर भएको बताइको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा बस्दै आएका लामाको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगको अपिल गरिएको जनाइएको छ।
लामालाई सहयोगको अपिल गर्दै गो फन्ड मि खाता खोलिएको छ। लामा नेपाली अमेरिकी समुदायका धेरै सक्रिय सदस्य हुन। सामाजिक काममा उनी अग्रभागमा नै देखिदै आएका थिए।
‘उहाँ एक दयालु मानिस हुनुहुन्छ जसले सधैँ अरूलाई मद्दत गर्नु भएको छ र अब फिर्ता दिने हाम्रो पालो हो। तपाईँको दान, जतिसुकै सानो भए पनि, टेक र उसको परिवारलाई उनको उपचारको लागत कभर गर्न मद्दत गर्ने छ।’ लामाको उपचारमा लागि आह्वान गरिएको अपिलमा भनिएको छ।
लामाको उपचारका सहयोग गर्न यहाँ क्लिक गर्नु होला।