अमेरिकामा एक सातामा नौ मिलियन डलर बराबरको लागूपदार्थ बरामद
सान डिएगो / अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अधिकारीहरूले सान डिएगो फिल्ड अफिस पोर्ट अफ एन्ट्रीबाट एक साताको अवधिमा नौ मिलियन बराबरको लागू पदार्थ बरामद गरेको जनाएको छ।
सीबीपीले जारी गरेको विज्ञप्ति अनुसार फेब्रुअरी २९ देखि २५ तारिख सम्म अलग अलग स्थानमा तस्करीको प्रयास गरिएकाहरूबाट पाँच सय ५४ पाउन्ड कोकेन, दुई सय २९ पाउन्ड फेन्टानाइल र १६ सय ५० पाउन्ड मेथाम्फेटामाइन बरामद गरेको उल्लेख छ।
सीबीपीले कुल मिलाएर, ४२ अलग घटनाहरूमा अनुमानित ९१ लाख १९ हजार पाँच सय डलर मूल्यको लागु औषध पक्राउ परेको जनाएको छ।
घटनाहरूमा संदिग्धहरूलाई पक्राउ गरी थप अनुसन्धान र प्रशोधनका लागि होमल्याण्ड सेक्युरिटीमा अनुसन्धानमा पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ।
लागू औषध तस्करी गर्न प्रयोग गरिने लागूपदार्थ र कुनै पनि सम्बन्धित सवारी साधनहरू सीबीपी अधिकारीहरूले जफत गरेको जनाएको छ।
स्यान डिएगो फिल्ड अफिसले लागु औषधको तस्करी नियन्त्रण गर्न संघीय, राज्य र स्थानीय कानुन प्रवर्तनसँग मिलेर काम गर्न जारी राख्नेछ विज्ञप्तिमा भनिएको छ।।