क्रिकेटर सन्दीपले जिल्लाको फैसला उपर उच्चमा अपिल गरे
ललितपुर । बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् ।
कानुनन व्यवसायी सरोजकृष्ण घिमिरे र आफ्ना दाजुसहित पाटन पुगेका उनले कार्यालय समय सकिनु अघि निवेदन दर्ता गरेका हुन् ।
२ दिन अघि मात्रै सल्यक्रिया गरेका उनी असहज गरी हिँडेका थिए । निवेदन दर्ता गरेपछि कानुन व्यवसायी घिमिरले जिल्ला अदालतको फैसला चित्त नबुझेर उच्च अदालतमा पुनरावलोकनका लागि आएको बताए । उनले जिल्ला अदालतले त्रुटी गरेको बताउँदै पाटनबाट न्याय पाउने आशा व्यक्त गरे । पाटनले पहिलो तारिख चैत १२ गतेलाई दिएको छ ।
यसअघि, जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लमछिानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो ।
जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेकाले अब फैसला नआउञ्जेल उनी जेल जानु पर्ने छैन ।
सन्दीपले जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति पनि मागेका थिए । पाटनका रजिष्ट्रारले सन्दीपलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएका छन् ।