एएफसी एशियन कपको उपाधि कतारलाई
पेन्सिल्भेनिया । एएफसी एशियन कप फुटबलको उपाधि कतारले जितेको छ । डिफेन्डिङच्याम्पियनसमेत रहेको कतारले शनिबार जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दैलगातार दोस्रो पटक उपाधि जित्न सफल भयो ।
कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए । तर उनले सबै गोलपेनाल्टीमार्फत गरेका हुन् । अफिफ एएफसी एशिया कपमा सर्वाधिक गोलकर्ता पनि बने ।उनले प्रतियोगिताभर ८ गोल गरेका थिए ।
२२ औं मिनेटमा कतारले अफिफकोपेनाल्टीमार्फत अग्रता लिएको थियो । उनीमाथि जोर्डनका खेलाडीले फल गरेपछि पाएकोपेनाल्टीलाई गोलमा परिणत गरेका थिए । १ गोलले पछि परेको जोर्डनले कमब्याक गर्दै ६७ औं मिनेटमा बराबरी गरेकोथियो । जोर्डनका यजान अल नैमातले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो।
७२ औं मिनेटमा पनि पाएको पेनाल्टीमा अक्रमले नै गोल गरेका थिए । अतिरिक्त समयको पाँचौं मिनेटमा फेरि कतारले पेनाल्टी पाउँदा अक्रमकलेह्याट्रिक नै पूरा गरे ।कतारले यसअघि २०१९ को संस्करणमा पनि उपाधि जितेको थियो । त्यतिबेला कतारलेजापानलाई पराजित गरेको थियो ।