मास्टरशेफ सन्तोष साहसँग बाल्टिमोरमा डिनर फेब्रुअरी तीन तारिख
मेरिल्यान्ड/ के तपाई खानाको पाखरी हुनु हुन्छ ? तपाईँले मास्टरशेफ सन्तोष साहको बारेमा सुन्नु भएको छ? अनि तपाई अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरको आसपास बस्नु हुन्छ ? त्यसो हो भने अर्को साता तपाईँका लागि गज्जबको संयोग जुर्ने छ।
आगामी शनिबार (फेब्रुअरी 3 तारिख) साँझ साढे ६ देखि आठ बजे सम्म टाउसनको लक रेभन ब्लुबर्डमा रहेको दि क्र्याकपोट रेस्टुरेन्टमा (8102 Loch Raven Blvd, Towson, MD) शेफ सन्तोषले तपाईँलाई नेपाली परम्परागत खानाको स्वाद चखाउने छन्।
तर त्यसका लागि तपाईँले एक सय ७५ डलरको टिकट भने लिनु पर्ने छ। टिकट किन्न यहाँ क्लिक गर्नु पर्ने छ।
प्रतिष्ठित बीबीसी मास्टरशेफ: द प्रोफेशनल रिम्याच विजेता शेफ सन्तोष नेपाली खाना सम्पदालाई विश्व स्तरीय बनाउने अभियन्ता हुन्। त्यस दिन उनले अनुभवहरूको संयोजन गर्दै उत्कृष्ट नेपाली परम्परागत खाना खुवाउने छन्।
शेफ सन्तोष बेलायतमा रहेर लामो समय देखि यसै व्यवसायमा छन् । लन्डनमा उनले बनाएका उत्कृष्ट खानाले व्यापक चर्चा बटुल्दै आएको छ।
उनको लोकप्रिय कुक बुक ‘एला’ प्रकाशित छ। उनी पहिलो पटक अमेरिका भ्रमणमा छन्।