एनआरएनए वद्री समूहले भलिबल संघलाई गर्यो ८ लाख सहयोग
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. वद्री केसी समूहले नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ ।
एनआरएनएको सचिवालय बालुवाटारमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दलाई चेक हस्तान्तरण गरेका हुन् ।
नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबल संघलाई एनआरएनए वद्री समूले ८ लाख रुपैयाँ सहयोग गरेको हो ।
भलिबल संघका अध्यक्ष चन्दले एनआरएनएको सहयोगले भलिबल खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य हुने उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष केसीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गरेको स्मरण गर्दै नेपालको खेलकुदको विकासका लागि आफूहरुले सधैं सहयोग गर्ने बताए ।
यसअघि यही समूहले नेपाल क्रिकेट संघ क्यानलाई पनि सहयोग गरेको थियो । क्यानलाई १० लाख रुपैयाँ सहयोग गरेको हो ।