‘एनआरएनए तीन वटा भइरह्यो भने पदमा बस्नु पर्छ भन्ने मलाई लाग्दैन’ : डा. केशव पौडेल
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाल संघ (एनआरएनए) का उपाध्यक्ष डा. केशव पौडेलले संस्था तीन टुक्रामै रहेमा आफू पदमा नरहन सक्ने सङ्केत गरेका छन्।
समाज टाइम्स संवादमा मङ्गलवार डा. पौडेलले सबै एनआरएन एक ठाउँमा आउन पर्छ भन्ने भावनाका साथ आफूले काम गरेको दाबी गरे।
‘एनआरएनए तीन वटा भइरह्यो भने पदमा बस्नु पर्छ भन्ने मलाई लाग्दैन।’ पौडेलले भने,’म सक्रिय नलागौला तर जो लाग्नु भएको छ उहाँलाई सहयोग गर्छु।’
डा. पौडेलले आफू भेरो डिपार्टमेन्टको हेड कहिल्यै नरहेको दाबी गरे। यस अगाडि एनआरएनएले निर्वाचनमा प्रयोग गरेको अस्ट्रेलियन कम्पनी भेरो डा. पौडेलको मातहतमा रहेको बताइँदै आइएको थियो।
उनले भेरोको लग रिपोर्ट नहेरी विश्वास गर्ने अवस्था नरहेको बताए।
संवादको क्रममा डा. पौडेलले आफू अहिले एनआरएनएको उपाध्यक्ष रहेको र सबै तिरको उपाध्यक्ष हुने प्रयासमा रहेको बताए।
उनले एनआरएनए फेलर हुनुमा आफ्नो पनि कमजोरी रहेको र त्यसमा आत्मालोचना गर्ने बताए।
डा पौडेल सँगको समाज टाइम्स संवाद