भुटानी शरणार्थी प्रतिनिधि र गृह मन्त्रालयका अधिकारीहरूबिच भेट
सहयात्री ढकाल
कोलम्बस,ओहायो/ नेपाल सरकारको गृह मन्त्रालय अधिकारी र नेपाली भाषी भुटानी शरणार्थी प्रतिनिधिमण्डल मङ्गलवार काठमाडौँमा भेट भएको छ।
नेपालमा रहेका नेपाली भाषी भुटानी शरणार्थीका समस्या बारेमा भेट भएको जनाइएको छ।
शरणार्थी प्रतिनिधिमण्डलले गृह मन्त्रालयका सह सचिव अर्जुन पौडेल सँग उनकै कार्यकक्षमा भेट गरेको हो। भेटघाटमा सहसचिव पौडेलको नेतृत्वमा पाँच जना सरकारी अधिकारीहरू रहेका थिए।
यस्तै बलराम पौड्यालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलको टोलीमा पनि पाँच जना रहेको बताइएको छ। भेटघाटमा सहभागी एक सदस्यले छलफल फलदायी नै रहेको बताए।
सह सचिव पौडेलले प्रतिनिधि मण्डलको समस्या र गुनासाहरू गृह सचिव मार्फत सरकार समक्ष पुर्याउने बाचा गरेका थिए।
छलफलका क्रममा बेलडाँगी क्याम्प सचिव सन्चाहाङ सुब्बाले शरणार्थी क्याम्पवासीका समस्यालाई उदाहरण सहित प्रस्तुत गरेका थिए ।
शरणार्थी क्याम्प सचिव संचहाङ सुब्बा टोली प्रमुख बलराम पौड्याल, बीबीबीआरसीका कार्यवाहक अध्यक्ष तिलक राई ,धनमाया मगर बीआरडब्लु सदस्य,समाजसेवीहरू हेम गुरागाईँ, डा गोविन्द रिजाल र डा गोपाल सिवाकोटी सम्मिलित टोलीले भेट गरेको थियो ।
बि पी पी अध्यक्ष एव टोली प्रमुख बलराम पौड्यालले आफ्नो प्रतिनिधिमण्डलको तर्फबाट धन्यवाद ज्ञापन गरेर छलफललाई अन्त्य गरेका थिए।