साउदी अरबमा हातेमालो युवा क्लब जेद्दाले मनायो दोस्रो वार्षिकोत्सव
समर्पण रम्जान
साउदी अरब/हातेमालो युवा क्लब जेद्दा साउदी अरबले गत ८ डिसेम्बर २०२३ शुक्रवारका दिन आफ्नो दोस्रो वार्षिकोत्सव तथा साङ्गीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष खेमराज कार्कीको सभापतित्वमा नेपाली युवा क्लबका महासचिव नर कुमार मगरद्वारा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली महाबणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल रहेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरूमा तमु धिं जेद्दाका अध्यक्ष वेद तमु, नेपाली युवा क्लब जेद्दाका उपाध्यक्ष लक्ष्मण आचार्य, एनआरएनए आइसिसीका सदस्य विशाल कुमार श्रेष्ठ, एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष राज कुमार गिरि रहेका थिए।
यसै गरी एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डि. पि.अर्याल, एनआरएनए अल कासिमका भूतपूर्व अध्यक्ष रम्जान दिन मियाँ, नेपाली सेवा समिति यान्बुका अध्यक्ष श्री प्रसाद परियार, नेपाली साझा मंचक प्रतिनिधि तेज बहादुर बि.क. समाजसेवी हरू भीम तमु,राज कुमार राई, नेपाली होटेल बलादका सञ्चालक शरद बि.क., नेपाल तामाङ घेदुङ् प्रवास शाखा साउदी अरबका प्रतिनिधि शैलेश योन्जन, मन त मेरो जोग्बिरे समूह जेद्दाका अध्यक्ष शबशन्त लामा, ग्लोबल आइएमइका बजार प्रतिनिधि प्रदिपजङ् के.सी हरू रहेका थिए ।
यसै गरी साङ्गीतिक कार्यक्रमलाई भयानक रोचक मनोरञ्जन दिनका लागि स्थानीय कलाकार अतिथि हरू रोशन दियाली, अर्पित मगर, गुराँस राई, निलम बस्नेत, नवराज राई, सिर्जला दोङ् तामाङ ,अनिल दोङ् तामाङ ,रक्षा तिवारी, सुनिल दोङ् तामाङ ,सरस्वती मगर, बिष्णु कार्की ,मिठु के.सी.,अम्बर बहादुर खड्का,सूर्य बहादुर थापा मगर,बिरेन चौधरी,आकाश राई,डिबोज राई, सबिता पाण्डे रहेका थिए ।
नेपाली रेस्टुरेन्ट बलादको मुख्य प्रायोजन र ग्लोबल आइएमइको सह प्रायोजनमा आयोजित उक्त कार्यक्रम दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
नेपालको राष्ट्रिय गीत सँगै सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरूले “हातेमालो युवा क्लब” सफलता साथ छलाङ मार्दै अगाडी बढेकोमा बधाई दिँदै अझै आगामी वर्षहरूमा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा युवा क्लबका प्रतिनिधि तेज बहादुर बि.क ले आफ्नो संस्था दोस्रो वर्षमा गरेको कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकार हरुको १९-२० वटा उत्कृष्ट नित्य,तथा विविधता झल्किने खालका सङ्गीतहरू कौडा, झ्याउरे, कमेडी, पन्चे बाजा, र्याप, पूर्वेली गीत, तथा अन्य गीत नित्यले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।