पेन्सिल्भेनियामा आइतबार दिमाग खराबको प्रदर्शन
पेन्सिल्लभेनिया/ नेपाली चलचित्र ‘दिमाग खराब’पेन्सिल्भेनियामा डिसेम्बर दश तारिख आइतबार प्रदर्शन हुने भएको छ।
फिलाडेल्फिया नजिक कोन्शोहोकेन स्थित रिज पाइकमा आइतबार दिउसो साँढे चार बजे देखि चलचित्र प्रदर्शन हुने जनाइएको छ।
चलचित्रका लागि बिस डलर टिकट मूल्य तोकिएको छ।
‘तपाई हाम्रो दैनिकीबाट केही समयको लागी भए पनि मनोरञ्जन र नेपाललाई सम्झिरहेको बेला चलचित्रमा देखाइएका दृश्यहरूले पानीको प्यासीलाई मूल भेटाएको साबित गराउने छ । सबैलाई यही पोष्ट मार्फत चुलो निम्तो भन्न चाहन्छु । टिकटको लागि सोही दिन ढोकामा पनि उपलब्ध गराउँछौ भने यहाँहरूको सुविधाको लागी अनलाइन मार्फत पनि लिन सक्नुहुनेछ । धन्यवाद।’ चलचित्र प्रदर्शनी सम्बन्धी सूचनामा भनिएको छ।
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र दिमाग खराबमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की आदि कलाकारले अभिनय गरेका छन् ।