अस्ट्रेलियाले छैटौं पटक जित्यो विश्वकप क्रिकेटको उपाधि

अहमदावाद । आईसीसी एकदिवसीय विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाले अहमदाबादमा भारतलाई ६ विकेटले पराजित गर्दै छैटौं पटक विश्व च्याम्पियन बनेको छ । पहिले खेल्दै भारतले निर्धारित ५० ओभरमा २४० रनको मामूली स्कोर बनाएको थियो, जसको जवाफमा अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर जित निकाल्दा भारतीय फ्यानहरू फेरि निराश बनेका छन् । ट्राभिस हेडले १३७ रनको शानदार शतक खेल्दै टोलीको उपाधि जिताउन महत्वपूर्ण योगदान पुर्याए ।
अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि भारतले निकै तीव्र सुरुवात गरेको थियो । ३० रनको स्कोरमा पाँचौं ओभरमा शुभमन गिल मात्र ४ रन बनाएर आउट भए पनि रोहित शर्माले ३१ बलमा ४७ रनको द्रुत इनिङ खेल्दै टोलीको रन रेटलाई ठीक राखे । रोहित शर्मा १० औं ओभरमा ७६ रनको स्कोरमा आउट भएपछि भारतको इनिङ्सको दिशा बदलियो । ११ औं ओभरमा ८१ रनको स्कोरमा श्रेयस अय्यर पनि ४ रन मात्र बनाएर प्याभिलियन फर्किएका थिए ।
यहाँबाट विराट कोहलीले केएल राहुलसँग मिलेर चौथो विकेटका लागि ६७ रनको ढिलो तर महत्वपूर्ण साझेदारी गरे पनि २९औं ओभरमा १४८ रनको स्कोरमा विराट कोहली (६३ बलमा ५४ रन) आउट भए पछि । अर्धशतक खेल्दा भारतलाई ठूलो धक्का लाग्यो । यसपछि रविन्द्र जडेजा (२२ बलमा ९ रन) पनि ३६ औं ओभरमा १७८ रनमा आउट भए ।
केएल राहुलले १०७ बलमा ६६ रनको महत्वपूर्ण इनिङ खेले तर स्ट्राइक रेट बढाउनु पर्ने हुँदा उनी ४२औँ ओभरमा २०३ रनको स्कोरमा आउट भए र भारतको २७० रनमा पुग्ने आशालाई ठूलो धक्का पुग्यो । ४४ औं ओभरमा २११ रनको स्कोरमा ६ रन बनाएर मोहम्मद शामी पनि आउट भए । यसपछि ४५ औं ओभरमा २१४ रनको स्कोरमा जसप्रित बुमराह पनि १ रन मात्र बनाएर आउट भए ।
सूर्यकुमार यादवले २८ बलमा १८ रनको सुस्त पारी खेलेका थिए भने ४८औं ओभरमा २२६ रन बनाएर आउट भएपछि टोलीलाई नवौं झटका लागेको थियो । कुलदीप यादव (१८ बल, १०) र मोहम्मद सिराज (८ बल, ९*) ले अन्तिम विकेटका लागि १४ रनको साझेदारी गर्दै टोलीलाई २४० रनमा पुर्याए। अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने उनी बाहेक जोस हेजलउड र प्याट कमिन्सले २–२ तथा एडम जाम्पा र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।
लक्ष्यको जवाफमा अस्ट्रेलियाले राम्रो सुरुआत गरे पनि विकेट गुमाउँदा केही समय दबाबमा आएको थियो । डेभिड वार्नर (७) दोस्रो ओभरमा १६ रनको स्कोरमा, मिचेल मार्स (१५) पाँचौं ओभरमा ४१ रनमा स्टिभ स्मिथ (४) सातौं ओभरमा ४७ रनको स्कोरमा आउट भए। त्यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनले चौथो विकेटका लागि १९२ रनको अतुलनीय साझेदारी गर्दै अहमदाबादको विशाल भीड पूरै मौन भयो ।
ट्राभिस हेडले ९५ बलमा आफ्नो पाँचौं ओडीआई शतक पूरा गरे र १२० बलमा १३७ रन बनाएर ४३ औं ओभरमा २३९ रनमा आउट भए । मार्नस लाबुसचेनले हेडलाई राम्रो साथ दिए र ११० बलमा ५८ रनको अर्धशतक पूरा गरेपछि अविजित रहे। ग्लेन म्याक्सवेलले २ रन बनाउँदै टोलीलाई जित दिलाए । भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद शामी र मोहम्मद सिराजले एक–एक विकेट लिए तर दुवै स्पिनर (रविन्द्र जडेजा र कुलदीप यादव) ले एउटै विकेट लिन सकेनन् र यो भारतको हारको मुख्य कारण बनेको थियो । सन् २०२३ को विश्वकपमा विराट कोहलीले सर्वाधिक ७६५ रन बनाएका थिए भने मोहम्मद शामीले सर्वाधिक २४ विकेट लिएका थिए तर दुर्भाग्यवश भारतीय टोलीले विश्वकपको उपाधि जित्न सकेन ।